फाइल तस्वीर
काठमाडौँ, पुस १७ गते ।
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको सचिवमा नियुक्त हुनुभएका हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । नवनियुक्त सचिव राईले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष आज बुधबार पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।

नवनियुक्त सचिव राईको शपथग्रहण कार्यक्रम अहिले बिहान साढे ११ बजे सिंहदरबारमा हुने बताइएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले झापाका हर्कराज राईलाई हिजो मङ्गलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।