काठमाडौँ, पुस १६ गते । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ संशोधनसहित को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उहाँले मनोनयन गर्नुभएको हो ।
नेपाली काङग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा ९कञ्चनपुर०, मीनबहादुर भण्डारी ९जुम्ला०, धु्रव खड्का ९काठमाडौँ०, जमसेरअलि मियाँ ९कपिलवस्तु०, सीताराम परियार ९काभ्रेपलाञ्चोक०, शम्भुहरि बाँस्तोला ९सोलुखुम्बु०, सञ्जीव घिमिरे ९झापा०, जुनु गुरुङ ९लमजुङ०, विजयकुमार सिंह ९रौतहट० र राजीव श्रेष्ठ ९काठमाडौँ०लाई मनोनयन गर्नुभएको हो ।