काठमाडौँ, पुस १६ गते । सङ्घीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री र मन्त्रालय अन्तर्गत राजस्व सचिवलाई पनि आमन्त्रण गरिएको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।