धनुषा, पुस १४ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ । काङ्ग्रेस नेता कोइरालाले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेता कोइरालाले सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने दावीसमेत गनर््भयो । राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच सहमति भर्र्इ वर्तमान सरकार गठन भएको उल्लेख गर्दै नेता कोइरालाले “यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ” – जिकिरसमेत गर्नुभयो ।

डा कोइरालाले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताउनुभयो ।