काठमाडौँ, पुस १४ गते । प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आज आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गर्नुभएको हो ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मङ्सिर ९ गते आइतबार राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अङ्ग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ ।