काठमाडौँ, पुस १४ गते । लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण भएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएकाले साँगामा आकस्मिक अवतरण गरिएको हो ।


चालकसहित ६ यात्रु सवार हेलिकप्टरमा चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ड्यामेज नभएकाले पुनःउडानको तयारी रहेको विमानस्थल स्रोतले जनाएको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि पाइलटले थप जोखिमबाट बचाउन सुरक्षित स्थानमा अवतरण गराएको हो ।


हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।