फाइल तस्वीर

काठमाडौँ, पुस १२ गते । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना हुनुभएको छ । चिसो बढ्दै गएपछि एक्कासि दम बढेपछि वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।


बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी हुनुभएको महासचिव वैद्य कार्यक्रममै अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको एक नेताले जानकारी दिनुभयो ।
उहाँको स्वास्थ्य अवस्था सुधारेन्मुख रहेको र थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।