फाइल तस्वीर

काठमाडौँ, पुस १० गते । नेकपा एमालेले पूर्वउपाध्यक्ष डा.भीम रावललाई पार्टीको सङ्गठित सदस्यबाट हटाएको छ । आज बुधबार पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले रावलको सङ्गठित सदस्यता खोसेको हो ।


बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको आज बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी सङ्गठित सदस्यबाटै हटाएको हो । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको टिप्पणी छ ।
नेता रावलले पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्तिहरू आएकाले सङ्गठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेकोले एमालेसँग रावलको चार दशक लामो राजनीतिक सहयात्रा टुङ्गिएको छ ।