काठमाडौँ, पुस ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन हुने हुनुभएका छ । कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो ।


निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको जनाएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निलम्बनसम्बन्धी पत्र आज आइतबार अपरान्ह संसद सचिवालयमा आइपुगेको हो ।


जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वतः निलम्बनमा पर्ने सम्भावना बढेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो । प्रहरीको पत्र ढिला आएकाले भोलि मात्रै उक्त पत्र दर्ता हुने र प्रक्रियामा जानेछ । साथै अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।