काठमाडौँ, पुस ७ गते । नेपाल फिजियोथेरापी सङ्घ(नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घको ११औँ महाधिवेशनबाट उहाको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन हुनुभएको छ । यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन हुनुभएको छ । राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन हुनुुभएको निर्वाचन समितिले जनाएको छ । देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा सङ्घमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।