काठमाडौँ, पुस ७ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा डाकिएको हो।
उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।