फाइल तस्वीरः रास्वपाका सभापति रवि लामिछाने ।
कास्की, पुुस २ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउप–प्रधानमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा तानिनुभएका सभापति लामिछानेलाई म्याद थपका लागि आज मङ्गलबार जिल्ला अदालत उपस्थित गराइएको हो ।

प्रहरीले सभापति लामिछाने माथिको अनुसन्धान प्रतिवेदन हिजो सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको बताइएको छ । रास्वपाका सभापति एवंम् सांसद लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँको बालाजुस्थित पार्टी कार्यालयबाट साँझ पक्राउ गरेर स्थलमार्गमाट रातरात पोखरा लगिएको थियो ।

सभापति लामिछानेलाई उजुरीको आधारमा अनुसन्धान गर्न म्याद थपका लागि बुटवल, भरतपुर, काठमाडौँ र कास्कीमा लगिंदै आएको छ ।