काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभभएको छ। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्कालाई पराजित गर्दै ७ सय ४२ मत ल्याएर बानियाँ विजयी हुनुभएको हो ।
बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४ सय ९५ मत प्राप्त गर्दा माओवादी केन्द्रका नारायण विष्टले २ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा २०७९ को निर्वाचनमा खड्काका पति श्यामकुमार अधिकारी विजयी हुनुभभएको थियो । अधिकारीको निधन भएपछि उहाँकी पत्नी उपनिर्वाचनमा कीर्तिपुर ४ मा उम्मेदवार हुनुभएको हो ।
उपनिर्वाचनमा एमाले उम्मेदवारले १ सय ५३ मत ल्याउँदा राप्रपाका बिजेस बस्नेतले ८७ मत प्राप्त गर्नुभएको छ ।