काठमाडौँ, मङ्सिर १३ गते । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन (नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४)ले खोप कार्यक्रममा सन्तोषजनक प्रगति देखाएको छ । अघिल्लो वर्षको तुलनामा पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्यामा १२ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

आर्थिक वर्ष २०७९र८० मा पूर्ण मात्रामा खोप पाएका बालबालिका ८४ प्रतिशत रहेकामा आव २०८०र८१ मा सो सङ्ख्या ९६ प्रतिशत रहेको छ । त्यसैगरी दादुरा रुबेलाको कभरेज आव २०७९र८० मा ९५ प्रतिशत रहेकामा आव २०८०र८१ मा एक सय एक प्रतिशत रहेको छ ।

फाइभ इन वान ९पेन्टाभ्यालेन्ट भ्याक्सिन० डिप्थेरिया, टिटानस, हुपिङ कफ, पोलियो र हेमोफिलस इनफ्लुएन्जा रोगविरुद्ध लगाइने खोपको दायरामा भने कमी आएको पाइएको छ । सो सङ्ख्या आव २०७९र८० मा ९९ प्रतिशत रहेकामा आव २०८०र८१ मा ९६ प्रतिशत रहेको छ । त्यसैगरी बिसिजी खोपको कभरेज आव २०७९र८० मा १०२।२ प्रतिशत रहेकामा आव २०८०र८१ मा सो सङ्ख्या ९५।२ प्रतिशत रहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतम यस वर्ष विभिन्न खोप अभियानले पनि खोप कभरेजमा राम्रो नतिजा देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही खोपमा दायरा अझै बढाउनुपर्ने देखिन्छ । यद्यपी यो वर्ष विभिन्न अभियानले पनि खोप कभरेज बढाउन मद्दत ग¥यो । छुटेका बालबालिकालाई खोजेर खोप लगाउने अभियान चलायौँ । खोप कभरेज राम्रो देखिए पनि बालबालिका छुटेका हुन्छन् । घर–घर गएर पनि खोजेर खोप लगाउँछौँ ।”

डा गौतमका अनुसार दादुराको महामारी भएको १० जिल्लामा खोप अभियान, जाजरकोटमा भूकम्प गएपश्चात् दादुरा रुबेला खोप अभियान, दुई जिल्लामा दादुरा रुबेला र सात जिल्लामा टाइफाइड विरुद्धको खोप, ६० लाखभन्दा बढीलाई दादुरा रुबेला खोप, पोलियो खोप र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानले खोप कभरेजमा वृद्धि गरेको हो ।

विभागको प्रतिवेदन केलाउँदा स्वास्थ्यका केही सूचकमा सुधार देखिएका छन् केहीमा खस्किएको छ । प्रोटोकलअनुसार चार पटक गर्भवती जाँच गराउन आउने प्रतिशत घटेको देखिन्छ । अघिल्लो आवमा ९४ प्रतिशतले त्यस्तो सुविधा लिएकामा गत आवमा भने ८८ प्रतिशतले सुविधा लिएका छन् । त्यसैगरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने दर घटेको देखिन्छ । अघिल्लो आवमा ८३ प्रतिशतले सो सुविधा लिएकामा गत आवमा ७८ प्रतिशत देखिएको छ । दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति गराएको प्रतिशत त्यति सन्तोषजनक देखिँदैन । अघिल्लो आवमा ८० प्रतिशत रहेकामा गत आवमा ७४ प्रतिशतले मात्र सो सुविधा उपभोग गरेका छन् । दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति गराएका महिला सबैभन्दा कम ९६५ प्रतिशत० कर्णाली प्रदेशमा रहेका छन् ।

प्रजनन उमेर समूहका महिलामा परिवार नियोजनका आधुनिक साधन प्रयोगकर्ता दर अघिल्लो आव ६।९ प्रतिशत रहेकामा गत आवमा ६।६ प्रतिशत रहेको छ । प्रतिवेदनले अस्पतालको सेवा प्रयोग गर्ने सङ्ख्यामा वृद्धि भएको देखाउँछ । अघिल्लो आवमा अस्पतालको आपतकालीन सेवा लिने १० प्रतिशत र अस्पतालमा भर्ना भएर सेवा लिने बिरामीको प्रतिशत ५।४ रहेको तथ्याङ्क । गत आवमा अस्पतालको आपतकालीन सेवा लिने ११।२ प्रतिशत रहेका छन् भने अस्पतालमा भर्ना भएर सेवा लिने बिरामी ६।१ प्रतिशत रहेका छन् । त्यसैगरी बहिरङ्ग सेवा लिने अघिल्लो आवमा १०१ प्रतिशत रहेकामा गत आवमा ११६ प्रतिशत रहेका तथ्याङ्क छ ।

विवरणमा मुटुसम्बन्धी रोग भएका बिरामीको सङ्ख्या अघिल्लो आवमा १९ हजार दुई सय ६२ रहेकामा गत आवमा सो सङ्ख्या ३० हजार तीन सय ३० रहेको छ । अघिल्लो आवमा मधुमेहका बिरामीको सङ्ख्या तीन लाख १२ हजार तीन सय ४२ रहेकामा गत आवमा सो सङ्ख्या पाँच लाख ८४ हजार तीन सय ४७ रहेको छ । त्यसैगरी दीर्घ दम रोग ९सिओपीडी० को बिरामीको सङ्ख्या अघिल्लो आवमा एक लाख ८५ हजार आठ सय ५७ रहेकामा गत आवमा दुई लाख ५९ हजार एक सय १० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखनीय प्रगति भए पनि सुधारका थुप्रै पाटा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्य हासिल गर्न पाँच वर्ष मात्र बाँकी छ । स्वास्थ्यका थुप्रै सूचकमा राम्रो प्रगति गरेका छौँ । अझै थप सुधार आवश्यक छ ।”