फाइल तस्वीरः अध्यक्ष मोहन बैद्य किरण ।
काठमाडौँ, मङ्सिर १३ गते । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि सुरु भएको छ । सो पार्टीको एकता महाधिवेशन आगामी २३ गतेसम्म हुने जनाइएको छ ।
पार्टी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्नुहुने बताइएको छ । पार्टी अध्यक्षको उक्त प्रतिवेदनमाथि छलफल हुने र छलफलमा उठेका विषयहरुमा केन्द्रीत भई आएको निष्कर्ष पछि अध्यक्षको प्रतिवेदन परिमार्जनसहित महाधिवेशनले पास गर्नेछ । महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी हुने महाधिवेशन आयोजक समितिले जनाएको छ ।