काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक आज बिहिबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, सरकारका अन्य नियमित काम/कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।
आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।