फाइल तस्वीर

काठमाडौँ, मङ्सिर १२ गते । सरकारको सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो तीनबजे बस्नेगरी समीक्षा बैठक बोलाउनुभएको हो ।
बैठकमा सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।