काठमाडौँ, मङ्सिर १० गते । काठमाडौँ महानगरपालिकाले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत पठाएको छ । हिजो आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।

नेकपा एमालेले दरबारमार्गमा मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले १ लाख जरिबाना गरेको थियो। त्यसको सूचना बुझाउन महानगरका प्रहरी आइतबार एमाले केन्द्रीय कार्यायल च्यासल पुग्दा आफूहरु आयोजक नभएको भन्दै एमालेको कार्यालयले सो पत्रलाई बुझ्न अस्वीकार गरेको थियो।

महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको छ । तर, एमालेले त्यसलाई स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ ।