काठमाडौँ, मङ्सिर ९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

जल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिनुका साथै प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ । प्रसाईंलाई थुनामुक्त गर्न उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले लिखित जवाफसहित प्रसाईंलाई पनि सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको छ ।

यहि मङ्सिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले प्रसाईंलाई साइबर क्राइमको कसुरमा अनुसन्धान गरिरहेको छ । उनलाई अदालतले हिरासतमा राख्न दिएको पहिलो पटकको पाँच दिने म्याद सकिएर आज पुनः म्याद थप गरिएको छ ।