काठमाडौँ, मङ्सिर ९ गते । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि थपिएको पाँच दिनको म्यान सकिएपछि पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई सीआईबीले अनुसन्धानका लागि यहि मङ्सिर ४ गते उहाँको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।