काठमाडौँ, मङ्सिर ६ गते । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने तय भएको हो ।


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, आसन्न स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

साथै सरकारका कारबाही, समसामयिक विषयलगायतका विविध कुरामा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ ।