काठमाडौँ, मङ्सिर ५ गते । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रशासन गर्ने भएको छ । त्यसअघि उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेकोे छ ।

आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ । त्यस्तै आजै आयोगले आजै साँझ ५ बजे उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।
यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४ सय १० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।