काठमाडौँ, मङ्सिर ४ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सीआईबीको टोलीले भक्तपुरस्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरेको हो ।
हिजो सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही अभियोगमा प्रसाईँलाई साइबर अपराधको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जे पक्राउ गरिएको जनाएको हो । पक्राउ परेका प्रसाईँलाई सीआईबीले साइबर ब्युरोमा बुझाउने तयारी गरेको छ ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको र प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । सोही आरोपमा आज उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।