फाइल तस्वीर

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज मङ्गलबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

हिजो सोमबार दिउँसो १ बजेका लागि बोलाइएको सो बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित भएको थियो ।

आज अपराह्न बस्ने पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विषयमा छलफल हुने बताइएको छ ।