दाङ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद ९जबज० को सार समाजको रुपान्तरण भएको उल्लेख गर्नुभयो ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पार्नुभयो । 

सोही कार्यक्रममा नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताउनुभएको छ । 

 उहाँले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।” 

उहाँले वर्तमान सरकार विकास र समृद्विको मार्गतर्फ अगाडि बढिरहेको सन्र्दभमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पु(याउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।