काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनलगायत कारण बैठक स्थगित गरिएको हो ।

सचिव दीनानाथ शर्माका अनुसार आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि मङ्गलबार मात्रै बस्ने गरी स्थगित भएको हो । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।