फाइल तस्वीर

काठमाडौँ, मङ्सिर ३ गते । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान नौ बजे बस्ने भएको हो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । आजको बैठक नियमित भए पनि पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा हिजो आइतबार काठमाडौँको पुरानो बानेश्वरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली साढे ११ बजे सानो गौचरणमा हुने ढुङ्गानाको श्रद्धाञ्जलीसभामा सहभागी हुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।