काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार पाकिस्तान, कतार, इजरायल र चीनका लागि राजदूतमा नियुक्त हुनुभएका चार जनाले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
आज आइतबार राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहमा पाकिस्तानका लागि नियुक्त हुनुभएका रीता धिताल, कतारका लागि नियुक्त हुनुभएका रमेशचन्द्र पौडेल, इजरायलका लागि नियुक्त हुनुभएका धनप्रसाद पण्डित र चीनका लागि नियुक्त हुनुभएका नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ ।