काठमाडौँ, कात्तिक २९ गते । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० को प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । आज यहाँ सुरु भएको सम्मेलनको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा मन्त्री पौडेलले भन्नुभयो, “नेपालमा दैनिक रूपमा हिंसाका घटना बढिरहेका छन् । यो सम्मेलनले यसको व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति बनाउन सहयोग पुग्ने विश्वास छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्यले ओसिएमसीले हिंसासम्बन्धी घटना रोकथाम र नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । स्थापनाको १३ वर्षपश्चात् एक दशकको समीक्षा गर्न सम्मेलनको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
सम्मेलनमा उत्कृष्ट ओसिएमसीको मोडेल सार्वजनिकीकरणका साथै यसको विद्यमान, अवस्था र भावी योजनाका बारेमा छलफल हुनेछ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी ओसिएसमीको अभिन्न अङ्ग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिंसासम्बन्धी ८२ प्रतिशत विषय प्रहरीसमक्ष आउँछन् । हामीले आवश्यकता अनुसार ‘रिफर’ गरी पठाउछौँ । स्वास्थ्य उपचार र पुनःस्थापनामा ओसिएमसीले सहयोग पु¥याइरहेको छ ।”
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशभरका विभिन्न ओसिएमसी सेन्टरको अनुगमनका क्रममा कतिपय अस्पतालमा यसको सेवा प्रभावकारी देखिएको भन्दै कतिपयमा सुविधासम्पन्न भौतिक पूर्वाधार भए पनि सेवा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । “ओसिएमसीलाई प्रभावकारी बनाउन विशेष प्राथमिकता दिनुपर्ने छ । सुरक्षित आश्रयस्थलको व्यवस्था र गोपनीयता हुने गरी परामर्श दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० की आवसीय प्रतिनिधि वन योङ्ग हङ्गले ओसिएमसी जस्ता केन्द्रको सङ्ख्या थप बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म देशभरि ९२ वटा केन्द्र छन् । यसको सङ्ख्या बढाउँदै दक्ष जनशक्ति र गुणस्तरीय सेवा विस्तार गर्दै जानु पर्छ ।”