काठमाडौँ, कात्तिक २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिनुभएको हो ।
युनाइटेड अरब इमिरेट्स ९युएई० मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ ।
उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ । नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी प्रतियोगितामा सफलताको कामना गर्नुभएको छ ।