जनकपुरधाम, कात्तिक २९ गते। विगत पाँच महिनादेखि विवादको कारण दैनिकरुपमा कामकाज बन्द हुनेगरेको धनुषाकोे नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा आएको छ ।

सो पालिकाको सर्वपक्षीय बैठकमा प्रमुख विनयकुमार यादव  तथा उपप्रमुख  राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालयको दैनिक कामकाज  सञ्चालनमा आएकोहो । नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्यकाम ठप्पभएको थियो । त्यहाँ दैनिक जुलुश तथा नारावाजी हुनेगरेको थियो ।

उक्त नगरपालिकामा उत्पन्न विवाद  समाधानगर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिनुभयो । 

बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालनगर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा अनिवार्यरुपमा गर्नेगरी सहमति भएको थियो । बैठकमा नगरप्रमुख  यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेजगरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागूगर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले  बताउनुभयो ।