काठमाडौँ, कात्तिक २९ गते । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई आगामी मङ्सिर १२ गतेसम्म ट्रङ्क तथा डेडिकेटेड महसुल बक्यौता तिर्न अनुरोध गरेको छ । प्राधिकरणले आज बिहिबार एक सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिको बैठकबाट समेत महसुल बक्यौता उठाउने निर्णय भएकाले आगामी मङ्सिर १२ गतेभित्र सम्पूर्ण महसुल बक्यौता भुक्तानी गर्न आग्रह गरेको हो ।

प्राधिकरणले उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरका आधारमा खपत इनर्जीको महशुल १५ दिन अर्थात् २०८१ मङ्सिर १२ गतेसम्म भुक्तानी गर्न आग्रह गरेको छ ।