काठमाडौँ, कात्तिक २८ गते । सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । र्बैठक आज बुधबार बिहान ११:३० बजे सिंहदरबारमा बस्ने भएको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बस्ने बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गर्ने बताइएको छ ।