मकवानपुर, कात्तिक २७ गते । टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर मर्मत गरी हावा भर्ने क्रममा टायर पड्किएको हो ।
उत्त, दुर्घटनामा भारत घर भई हाल हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङस्थित टायर मर्मत पसल सञ्चालन गर्दै आएका ३४ वर्षीय मोहम्मद ऐजाज विष्फोटमा परेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेस प्रदेश ०३–००२ ख ०३०० न।को ट्याङ्कर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को ट्याङ्कर चालक धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा ११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–८ का लक्ष्मण थापा घाइते भएका छन्।
घाइतेमध्ये मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्याङ्कर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भईरहेको बताइएको छ । यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।