काठमाडौँ, कात्तिक २७ गते । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर हुनुभएका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो।

यहि कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ पर्नुभएको छ । ६ वर्ष अघि डिल्लीबजार कारागारबाट सर्वोच्चले नै रिहा गर्न आदेश दिएको मनाङेलाई अहिले सर्वोच्चले उच्च अदालतकै फैसला सदर गरेसँगै पुनः जेल फर्किनुपर्ने भएको हो ।

प्रहरीले मनाङेलाई आजै अदालतमा पेस गर्ने तयारी गरेको छ ।