काठमाडौँ, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो ।
त्यस्तै आज बसेको बैठकले मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेताहरुको कार्यविभाजन गर्नुका साथै आगामी मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र सरकारविरुद्ध खबरदारीसभा एकैसाथ गर्नेसमेत निर्णय गरेको छ ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार आगामी मङ्सिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्नेबारे ठोस निर्णय भने गरेको छैन ।