काठमाडौँ, कात्तिक २६ गते । सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा आज सोमबार १२:१५ बजे बस्ने भएको हो ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।