काठमाडौँ, कात्तिक २० गते । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यक बाहेक कुनै भेटघाट कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा हुनुहुन्छ ।