फाइल तस्वीर
काठमाडौँ, कात्तिक २० गते । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले तिहारको विदासहित कात्तिक १५ गतेदेखि गणना हुनेगरी प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएर आज मङ्गलबार १० दिन म्याद थप गरेको हो ।

सभापति लामिछानेलाई आजसमेत गरी तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । तर यसअघि नै ५ दिन हिरासतमा बसिसकेका कारण अब ५ दिन उहाँ हिरासतमै रहनुहुनेछ ।