तस्वीरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई ।
काठमाडौँ, कात्तिक १२ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने बताउनुभएको छ । आज सोमबार बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा आफ्नो धारणा राख्दै प्रमुख आयुक्त राईले अख्तियार एक्लैले केही गर्न नसक्ने खुलासा गर्नुभएको हो ।

भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग अनिवार्य हुने उल्लेख गर्नुहुँदै अख्तियार प्रमुख आयुक्त राईले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने उल्लेख गर्दै प्रमुख आयुक्त राईले ‘अति जटिल पुल, सुरुङ या ट्र्याकमा अन्तर्राष्ट्रिय कन्सल्टेन्ट चाहिन्छ’,— भन्नुभयो ।

सो बैठकमा आफ्नो धारणा राख्ने क्रममा प्रमुख आयुक्त राईले अख्तियारको एकल प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नहुने हुँदा यसका निम्ति सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।