खोटाङ, कात्तिक ११ गते। महिला एकता अध्ययनकेन्द्र खोटाङको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ ।
हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशनले महिला नेतृ राईलाई पुनःचौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ ।
‘बिनाअध्ययन मानव जीवन अपुरोहुने र जुनसुकै कामको सफलताको कल्पनागर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात्गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालनगर्दै आएको छ । परिवार, समाज र देशले अपेक्षित गतिलिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकासगर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ ।