काठमाडौँ, कात्तिक ११ गते । सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज आइतबार बिहान साढे ११ बजे सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने भएको हो ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने सङ्घीय संसद सचिवालयले जनाएको छ ।