पाल्हीनन्दन, कात्तिक ९ गते । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ ।
गाउँपालिका उपाध्यक्ष फातुुमा खातुन अन्सारीले प्रमुुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताउनुुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । त्यसबाहेक आर्थिक कारोबार र विकास निर्माणका काम रोकिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव ९रुदल० प्रदेश सरकार तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हालसम्म हाजिर नभएको बताउनुुभयो ।

वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले प्रमुख प्रशासकीय अधिकृत नहँुदा विकास निर्माणलगात अत्यावश्यक काम अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो ।