फाइल तस्वीर
काठमाडौँ, कात्तिक ९ गते ।
सत्तासाझेदार दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा प्रमुख रहनुभएको विभाग सदस्यमा आज शुक्रबार दश जना सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।