तस्वीर प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, कात्तिक ९ गते ।
सत्तारुढ दलको बैठक भरखरै सुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा शुक्रबार सत्तारुढ दलको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका नेतालगायत सत्ता साझेदार दलका अन्य नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा देशको समसामयिक राजनीतिक घटनाक्रम, विपक्षी दलहरुले गर्न लागेको सडक आन्दोलन, सरकारको सय दिनको कामकारवाहीको समीक्षालगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।