काठमाडौँ, कात्तिक ९ गते । सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै आजको बैठकमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।