फाइल तस्वीर रास्वपाका सभापति रवि लामिछाने
कास्की, कात्तिक ८ गते । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । उहाँहरु दुवैजनालाई थुनामा राखेर अनुसन्धान गर्न पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

रास्वपाका सभापति रवि लामिछाने कार्तिक २ गते शुक्रबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले गिरफ्तार गरी सोही दिन राति नै सडकमार्गबाट कास्की लगिएको थियो भने पूर्व डिआइजी जोशीलाई असोज ६ गते गिरफ्तार गरी अनुसन्धानका क्रममा प्रहरीले बयान लिइरहेको छ । उहाँहरु दुवै जनालाई पोखरास्थित सूर्यदर्शन सरकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ गरी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा राखिएको छ । कास्की जिल्ला प्रहरीले उहाँहरूउपर थप अनुसन्धान भइरहेको बताएको छ ।