फाइल तस्वीरः उपराष्ट्रपति रामसहाय प्रसाद यादव ।
काठमाडौँ, कात्तिक ७ गते ।
हर्नियाको उपचारका लागि अस्पताल भर्ना हुनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शल्यक्रिया सफल भएको छ । उपराष्ट्रपति यादवको हर्नियाको सफल शल्यक्रिया भएको हो ।

उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपराष्ट्रपति यादवको शल्यक्रिया सफल भएको र स्वास्थ्यस्थिति राम्रो रहेको छ । चिकित्सकहरुले उपराष्ट्रपति यादवलाई निगरानीरा राखेका छन् । निजी चिकित्सक सिलवालका अनुसार उपराष्ट्रपति यादव अस्पतालबाट शुक्रबार डिस्चार्ज हुनुहुने छ ।

उपराष्ट्रपति यादव उपचारका लागि हिजो मङ्गलबार अस्पतालमा भर्ना हुनुभएको थियो । यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गरेको थियो ।