काठमाडौँ, कात्तिक ७ गते । बालुवाटारमा सत्तारुढ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु भएको बैठकमा सहकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी हुनुहुन्छ ।
बैठकमा सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । त्यसअघि उहाँले गठबन्धन दलसँग छलफल गर्न लाग्नुभएको हो ।

सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार विष्णु रिमाल, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउतलगायतको सहभागिता छ ।