वासिङ्टन डिसी पुग्नुभएको अर्थमन्त्री र नेपालका कार्यवाहक राजदूत ।
काठमाडौँ, कात्तिक ७ गते ।
सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिको वासिङ्टन डिसी पुग्नुभएको छ । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन हिजो अमेरिका प्रस्थान गर्नुभएका मन्त्री पौडेल आज त्यहाँ पुग्नुभएको हो ।


अर्थमन्त्री पौडेललाई नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले डालस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थितस्वागत गर्नु भएको थियो ।

अर्थमन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उहाँले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।